Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार १३५६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

मंगलबार १३५६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

६, आश्विन २०७७
मंगलबार १३५६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । मंगलबार विभिन्न प्रयोगशालामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण गर्दा थप १३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ९ लाख ३४ हजार ९७७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १७१ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय संख्या १८ हजार १४२ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ९४९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८२३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ४८ हजार ६१ छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर २२३ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३७ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले २ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १६:२५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology