Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार १३ सय १३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

शुक्रबार १३ सय १३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

९, आश्विन २०७७
शुक्रबार १३ सय १३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १२ हजार २६२ जनाको पिसिआर परीक्षण गर्दा थप १३ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म ९ लाख ६८ हजार १८५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ७०हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४६४ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार २८९ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ५२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १४५५ रहेको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ५१ हजार ८६६ छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर २२७ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३९ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १६:२५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology