काठमाडौं । नेपालमा कोरोना संक्रमण अझै घट्न सकेको छैन । लगाातार बढिरहेको कोरोना संक्रमण आइतबारको तुलनामा सोमबार केही घटेको देखिन्छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार एकजार पाँच सय बढीमा संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए।
पछिल्लो २४ घण्टामा १० हजार ८० को पीसीआर परीक्षण भएको थियो।
प्रवक्ता गौतमका अनुसार देशभर संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ। यस्तै संस्थागत आइसोलसनमा ८ हजार ६९५ रहेका छन् ।
त्यस्तै पछिल्ले २४ घण्टामा ७४२ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगको छ।