काठमाडौं । भक्तपुरकी ५१ वर्षीय महिलासहित नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ पुरुष गरी कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो।
भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ। आइतबार १० जनाको कोरोनाको कारण मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको थियो।