ललितपुर । ललितपुरमा शुक्रबार थप १४५ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका १४५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ६७ जना महिला र ७८ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ५७ जना महिला, ६६ जना पुरुष गरी जम्मा १२३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका ७ जना महिला, १० जना पुरुष गरी १७ जना, गोदावरी नगरपालिकाका ३ जना महिला, २ जना पुरुष गरी ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २७ सय ३७ जना रहेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १६ सय ११ जना, मृत्यू हुनेको संख्या २५ जना पुगेको छ । त्यसैगरी ललितपुरमा संक्रिय संक्रमितको संख्या १ हजार १०१ जना रहेको छ ।