Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आईतबार २२ सय ५३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

आईतबार २२ सय ५३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

१८, आश्विन २०७७
आईतबार २२ सय ५३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । आईतबार विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गर्दा थप २२५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आईतबारसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आईबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २०३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ८९३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १३२९ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ६४ हजार ६९ जना रहेका छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर २२६ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३४ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले ७ जनाको ज्यान गएको छ, जसमा ४ महिला र ३ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - १६:२५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology