Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव, शाहीले अब के गर्छन्

मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव, शाहीले अब के गर्छन्

दैनिकी न्यूज

२५, आश्विन २०७७
मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव, शाहीले अब के गर्छन्
images

सुर्खेत । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आइतबार २ बजे प्रदेशसभामा नेकपाका प्रमुख सचेतक गुलाबजंग शाहलाई १८ जनाको हस्ताक्षर बुझाएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन् । उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन् । ३३ जना संसद रहेको प्रदेशमा १८ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा पुर्व एमालेका १३ र  उपसभामुख पुष्पा घर्ती (विष्ट) सहित पुर्व माओवादी केन्द्रका ३ सांसद छन् ।अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नेतृत्व यामलाल कँडेलले गरेका छन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १४:४८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology