Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलि-प्रचण्ड भेटपछि फिर्ता होला त मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव

ओलि-प्रचण्ड भेटपछि फिर्ता होला त मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव

दैनिकी न्यूज

२६, आश्विन २०७७
ओलि-प्रचण्ड भेटपछि फिर्ता होला त मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव
images

काठमाडौं । सत्तारुढ नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको स्प्रिटबाहिर गएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको र सो प्रस्ताव प्रस्ताव फिर्ता गर्न निर्देशन दिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गरेका प्रचण्डले बिहानै भने आफ्ना पक्षका वर्षमान पुन, जनार्दन शर्मा लगायतका कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग परामर्श गरेका थिए । सो परामर्शपछि अविश्वासको प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने र त्यहाँबाट समाधान ननिस्के अन्य विकल्पमा जानुपर्ने सुझाव आएपछि प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रचण्डले कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे अन्य प्रदेशमा पनि त्यस्तै गतिविधि देखिने र यसले एकतामा समस्या पार्ने कुरामा सचेत रहनुपर्ने बताएका थिए । आइतबार कर्णाली प्रदेशमा आफ्नै पार्टीका १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलमा पेस गरेपछि नेकपाभित्र नयाँ खालको विवाद देखिन थालेको छ । प्रदेशमा नेकपाको कुल ३३ सिट रहेको छ । जसमध्ये २० सिट पूर्वएमाले, १३ सिट पूर्वमाओवादी समुहको छ । पूर्वएमाले मध्ये ओली निकट १२ र नेपाल निकट ८ सांसद रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १२:५५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology