काठमाडौं ।कोरोना भाइरसको संक्रमणबाट एक सातामै एक सय १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै यसैसाता मात्र ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको हो। शुक्रबार देशभर कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको थियो। त्यसैगरी बिहीबार १९ जना, बुधबार १२ जना र मंगलबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। त्यसैगरी सोमबार ९ जना र आइतबार २२ जनाको मृत्यु भएको थियो। यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ।