Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार कति थपिए कोरोना संक्रमित ?

आइतबार कति थपिए कोरोना संक्रमित ?

दैनिकी न्यूज

२, कार्तिक २०७७
आइतबार कति थपिए कोरोना संक्रमित ?
images

काठमाडौं । नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । २४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १७:०२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology