Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार ५ हजार ७४३ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

बुधबार ५ हजार ७४३ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

दैनिकी न्यूज

५, कार्तिक २०७७
बुधबार ५ हजार ७४३ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ रहेको छ । संक्रमित मध्ये ९९ हजार ६०५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा २९९६ जना कोरोनामुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - १६:३३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology