काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।
मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार १७ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।