Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

देशभर २४ घण्टामा २ हजार २२५ जना कोरोना संक्रमित थपिए

देशभर २४ घण्टामा २ हजार २२५ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

८, कार्तिक २०७७
देशभर २४ घण्टामा २ हजार २२५ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार ३०७ जनाको आइसीयुमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म कोरोनाबाट ८४२ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - २१:२३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology