Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाबाट ललितपुरका ५ सय ३८ स्वास्थ्यकर्मी संक्रमित

कोरोनाबाट ललितपुरका ५ सय ३८ स्वास्थ्यकर्मी संक्रमित

दैनिकी न्यूज

१४, कार्तिक २०७७
कोरोनाबाट ललितपुरका ५ सय ३८ स्वास्थ्यकर्मी संक्रमित
images

ललितपुर । ललितपुरमा कोरोनाबाट ५ सय ३८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । पछिल्ला दिन जिल्लामा संक्रमितको संख्या बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मी पनि संक्रमणमा परेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरमा रहेका विभिन्न अस्पतालमा कार्यरत मध्ये शुक्रबार विहानसम्म ५ सय ५३८ जना स्वास्थ्यकर्मी संक्रमित छन ।

त्यस्तै १०६ जना सुरक्षाकर्मी, २४९ जना बैकका कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
जिल्लामा रहेका सक्रिय पत्रकारमा पनि संक्रमण बढेको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलका अनुसार जिल्लाका १२ जना पत्रकारमा कोरोना पोजिटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ८ हजार ७९ जना कोरोना संक्रमित भएका छन, ती मध्ये ५ हजार ३०० जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा हालसम्म ७७ जनाको मृत्यू भएको छ ।

जिल्लामा २ हजार ७ सय २ जना सक्रिय संक्रमित रहेका छन, ती मध्ये ६३ जनाको विभिन्न अस्पतालमा उपचारको लागि भर्ना भएका छन् । बाँकी होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य प्राविधिक उपेन्द्र आर्यालले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १३:१३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology