Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ३५ सय १७ जना कोरोना संक्रमित थपिए

आज ३५ सय १७ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१४, कार्तिक २०७७
आज ३५ सय १७ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ७८१ महिला र ११०७ पुरुष गरी १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार आज ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १६:२०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology