काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५ सय ८ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
२४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८८ पुरुष र ५६९ महिला गरेर २४ घण्टामा उपत्यकामा १३ सय ५७ संक्रमित थपिएका हुन् ।
अहिले काठमाडौं जिल्लामा मात्र १० हजार ५०१ जना होम आइसोलेसनमा छन् । ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा हुँदा भक्तपुरमा भने १७ सय १९ जनामात्र छन् ।
मन्त्रालयका अनुसार ६१ हजार ८५५ संक्रमित भएको काठमाडौंमा मात्र १६ हजार ८९० सक्रिय संक्रिमत पुग्दा ४४ हजार ७४६ जना डिस्चार्ज भएका छन् । काठमाडौंमा मात्र २१९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पाँच हजार ६९९ संक्रमित रहेको भक्तपुरमा चार हजार ४८२ जना डिस्चार्ज भएका छन् भने ११ सय ५१ जना सक्रिय संक्रमित छन् । ६६ जनाको भने मृत्यु भइसकेको छ ।
आठ हजार ७९४ संक्रमित भएको ललितपुरमा ६ हजार ४३१ जना डिस्चार्ज भएका छन् । दुई हजार ३०३ सक्रिय संक्रमित छन् भने ६० जनाको मृत्यु भएको छ ।