Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २९ सय ३३ जनामा कोरोना पुष्टि

आज देशभर २९ सय ३३ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१७, कार्तिक २०७७
आज देशभर २९ सय ३३ जनामा कोरोना पुष्टि
images

काठमाडौं । नेपालमा २९ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २९ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५०० रहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै १६ सय ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ जना रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १७:१६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology