Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३३ सय ९ संक्रमित थपिए, मृत्यू कति ?

आज देशभर ३३ सय ९ संक्रमित थपिए, मृत्यू कति ?

दैनिकी न्यूज

१९, कार्तिक २०७७
आज देशभर ३३ सय ९ संक्रमित थपिए, मृत्यू कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आज देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

२४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - १६:३२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology