Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

घट्यो कोरोना निको हुने संख्या, यस्तो छ पछिल्लो अवस्था

घट्यो कोरोना निको हुने संख्या, यस्तो छ पछिल्लो अवस्था

दैनिकी न्यूज

२५, कार्तिक २०७७
घट्यो कोरोना निको हुने संख्या, यस्तो छ पछिल्लो अवस्था
images

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । दैनिक बढिरहेको निको हुने संख्या पछिल्लो २४ घण्टामा भने घटेको हो । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या ३८ हजार ३५ पुगेकाे छ । यो संख्या ३५ हजार थियो । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १६:४२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology