Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २१ सय ११ कोरोना संक्रमित थपिए, मृतकको संख्या १२ सय नाघ्यो

आज देशभर २१ सय ११ कोरोना संक्रमित थपिए, मृतकको संख्या १२ सय नाघ्यो

दैनिकी न्यूज

२८, कार्तिक २०७७
आज देशभर २१ सय ११ कोरोना संक्रमित थपिए, मृतकको संख्या १२ सय नाघ्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।


काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २१ सय ११ रहेका छन् ।

थप १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १३ जनाको मृत्यु भएपछि मृतकको संख्या १२ सय २ पुगेको हो।

त्यसैगरी शुक्रबार ३५ सय ३७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । देशभर क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १७:४०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology