Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर चौधसय ७७ मा कोरोना, काठमाडौं उपत्यकामा कति ?

आज देशभर चौधसय ७७ मा कोरोना, काठमाडौं उपत्यकामा कति ?

दैनिकी न्यूज

३०, कार्तिक २०७७
आज देशभर चौधसय ७७ मा कोरोना, काठमाडौं उपत्यकामा कति ?
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ८ सय ७ कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १८:५६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology