काठमाडौं । बिहीबार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। पछिल्लो २४ घण्टामा २१ सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन्।
बिहीबार २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।
आज ९ हजार ८०५ नमूना परीक्षण गरेको छ । योसँगै नेपालमा हालसम्म १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।
बिहीबार १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।