काठमाडौं । नेपालमा सोमबार थप १४ सय ७४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।
आज काठमाडौं उपत्यकामा आज ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ सय ४८ पुरुष र ३ सय ६१ महिला हुन् । आज काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ९ हजार ९११ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख ३७ हजार ७४७ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।
भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ। सोमबार थप २९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको हो।
यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ।
देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ।