काठमाडौं । नेपालमा १४ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४ सय ९० जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये काठमाडौं उपत्यकामा ७ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ रहेको छ । संक्रमित मध्ये दुई लाख १८ हजार १६१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।
देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा १५६७ जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५३८ पुगेको छ ।