Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था ? मन्त्रालयले यसो भन्यो

कस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था ? मन्त्रालयले यसो भन्यो

दैनिकी न्यूज

२१, मंसिर २०७७
कस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था ? मन्त्रालयले यसो भन्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । आइतबार मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षण गरिएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ४ सय ८४ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये महिला १८७ जना र पुरुष २९७ जना रहेका छन् ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १७:५६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology