Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहिबार थपिए १२ सय १७ कोरोना संक्रमित, यस्तो छ २४ घण्टाको संक्रमणको अबस्था ?

बिहिबार थपिए १२ सय १७ कोरोना संक्रमित, यस्तो छ २४ घण्टाको संक्रमणको अबस्था ?

दैनिकी न्यूज

२५, मंसिर २०७७
बिहिबार थपिए १२ सय १७ कोरोना संक्रमित, यस्तो छ २४ घण्टाको संक्रमणको अबस्था  ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

यस्तै आज १ हजार ६४ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ३८६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ६३पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार मात्र कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ५१५ जना क्वारेन्टिन र १२ हजार ३८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २०९ जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। बिहीबार ७ हजार २३२ स्वाब नमूना परीक्षण गराउँदा १२ सय १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १७:०४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology