काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९ सय ३६ कोरोनाबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १९ सय ९६ जना कोरोनाबाट निको भएका छन् । मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार हालसम्म देशमा दुई लाख ५० हजार एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ । योसँगै देशमा कोरोनाबाट निधन हुनेको संख्या १७ सय ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ७ हजार १ सय १७ पीसीआर परीक्षण भएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ३८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ सय ७४ जना महिला र २ सय ६४ जना पुरुष रहेका छन् । नयाँ थपिने संक्रमितमा काठमाडौंमा ३ सय १० जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ८६ जना रहेका छन् ।