Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिए

आज नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

६, पौष २०७७
आज नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ जना पुगेको छ । आज ७४२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ७९ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार ३५१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ७७ हजार १८१ रहेको छ । आज ७ हजार ९७६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज ३११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २३५, भक्तपुरमा २१ र ललितपुरमा ५५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९४ हजार ६८५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ६६४ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ८४९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १८ हजार ४२२ पुगेको छ ।

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १७:४८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology