Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७ सय ४३ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु

आज ७ सय ४३ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु

दैनिकी न्यूज

८, पौष २०७७
आज ७ सय ४३ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ६ हजार ५५९ जनाको स्वाब पीसीआर परीक्षण गराउँदा ७ सय ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ।

यस्तै बुधबार ९ सय ५२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ। क्वारेन्टाइनमा रहनेको संख्या ४०९ रहेको छ । २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १६:५८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology