Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ५ सय ३४ जनामा कोरोना संक्रमण

आज ५ सय ३४ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१६, पौष २०७७
आज ५ सय ३४ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १९६ महिला र ३३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९४ पुगेको छ।

बिहीबार काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १०३ महिला र १४४ पुरुषलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ४४७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६।८ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३७८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ३६२ जना क्वारेन्टिन र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - २०:४३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology