Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

आज ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

दैनिकी न्यूज

२२, पौष २०७७
आज ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।


२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ । योसँग हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।


त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

यस्तै काठमाडौं उपत्यकामा २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ७२ महिला र १६१ जना पुरुष रहेका छन् । काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन् ।

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १८:३५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology