Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

आज ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, पौष २०७७
आज ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । मुलुकभर ४ सय १२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा बिहीबार देशभर ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १ सय ८२ महिला र २ सय ३० पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४८३ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ रहेको छ ।

यस्तै काठमाडौं उपत्यकामा थप २५१ जना कोरोना संक्रमित भएका छन् । २४ घण्टामा संक्रमित हुनेमा १११ महिला र १४० जना पुरुष रहेका छन् ।

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - १६:३७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology