काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ८८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय ८८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ३ सय १४ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ सय २७ जनाले कोरोना जितेका छन् । आज सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको रहेको छ ।
यसैगरी २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९२७ पुगेको छ ।