काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०० पीसीआर परीक्षण भएकोमा ४ सय ३० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २५९ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५९ हजार ३५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३९० जनाले कोरोना भाइरसलाई जितेका छन् । आज सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।
यसैगरी २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९३२ पुगेको छ ।