Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

आज ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, माघ २०७७
आज ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १ सय २२ महिला र २ सय १४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म २० लाख ३१ हजार ७५६ जनाको आरटी पीसीआर परीक्षण भएको छ। बिहीबार थप ५ हजार ३० स्वाब परीक्षण गरिएको थियो। योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । जसमध्ये २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् । बिहीबार थप २२६ जना डिस्चार्ज भएका छन्। यो ९७।९ प्रतिशत हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ । बिहीबार थप ४ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ छ । यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ७९९ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५० जना आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १६:४५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology