Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, माघ २०७७
आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १७२ सहित ३०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

४ हजार ५७४ स्वाब परीक्षण गर्दा १३० महिला र १७३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । जसमध्ये २ लाख ६४ हजार ८२३ जनाले कोरोना जितेका छन् । मंगलबार थप २८५ जना डिस्चार्ज भएका छन्। 

नेपालमा अहिलेसम्म २० लाख ५२ हजार ६८७ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।मंगलबार थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ३ हजार २५२ छ । यस्तै १२२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २५२ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर ७४९ जना आइसीयूमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १९:२४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology