Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, माघ २०७७
आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १७२ सहित ३०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

४ हजार ५७४ स्वाब परीक्षण गर्दा १३० महिला र १७३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । जसमध्ये २ लाख ६४ हजार ८२३ जनाले कोरोना जितेका छन् । मंगलबार थप २८५ जना डिस्चार्ज भएका छन्। 

नेपालमा अहिलेसम्म २० लाख ५२ हजार ६८७ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।मंगलबार थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ३ हजार २५२ छ । यस्तै १२२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २५२ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर ७४९ जना आइसीयूमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १९:२४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology