Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज ११९ जनालाई कोरोना संक्रमण पुष्टि

आज ११९ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, माघ २०७७
आज ११९ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६८ हजार ७२ रहेको छ ।

अहिलेसम्म नेपालमा २ हजार ३८ संक्रमितको मृत्यु भएको छ । आज १ हजार ८१५ सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा एक हजार ८१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १६:५२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology