Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज १६० जनामा कोरोना संक्रमण पुष्टि

आज १६० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, माघ २०७७
आज १६० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज थप १ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ६० जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार २१६ पुगेको छ।

यसैगरी, कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ सय ६५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १६:१७:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology