Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १३४ जनामा कोरोना संक्रमण

आज १३४ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

२८, माघ २०७७
आज १३४ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६३ महिला र ७१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ५६७ स्वाब परीक्षण गराउँदा १३४ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै बुधबार थप ११८ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिले १७ सय ५३ जना आइसोलेसनमा छन् भने ८८ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ७२ जनाको आइसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १६:५०:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology