काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ सहित देशभर ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्याका अनुसार ३ हजार २३ जनाको पीसीआर परीक्षण भएकोमा ८१ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १११ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ जसमध्ये २ लाख ६८ हजार ६६० निको भएका छन् । कोरोना संक्रमित मृतकको संख्या २ हजार ५२ पुगेको छ । अहिले १ हजार ७१८ सक्रिय संक्रमित रहेका छन् ।