Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ५७ जना कोरोना संक्रमित थपिए

आज ५७ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१, फाल्गुण २०७७
आज ५७ जना कोरोना संक्रमित थपिए
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १६ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । यस्तै,२१ लाख १३ हजार ५ सय ४९ पीसीआर परीक्षण भएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - २२:५१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology