काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ। यस्तै २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
पछिल्लो २४ घण्टामा ९९ जना डिस्चार्ज भएसँगै कोरोना जितेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७४ जना र १५ सय ८७ जनाको आइसोलसनमा उपचार भइरहेको छ।
अहिलेसम्म २ हजार ५५ जना संक्रमितको मृत्यु भएको छ । अहिले १ हजार ५८७ सक्रिय संक्रमित छन् ।