Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज ९६ जना कोरोना संक्रमित थपिए

आज ९६ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

६, फाल्गुण २०७७
आज ९६ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १११ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३५ सय ४१ जनानाको पीसीआर गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४२ पुरुष र ५४ महिला छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ४२ जना छन् । १६ महिला र २६ पुरुष गरेर उपत्यकाका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ भने २ लाख ६९ हजार ५०५ जना डिस्चार्ज भएका छन् । १६ सय ३ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।

२१ लख ३१ ह्जार ३३० जनाको पीसीआर भएको नेपालमा अहिलो ७१ जना क्वारेन्टाइनमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - २०:३१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology