Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ८० जनामा कोरोना संक्रमण पुष्टि

आज ८० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, फाल्गुण २०७७
आज ८० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ महिला र ४७ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ३२५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै थप ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा १८ महिला र ३१ पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२१ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ। यस्तै १४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलो ६८ जना क्वारेन्टाइनमा छन् भने १४ सय ९४ जना आइसोलेसनमा छन्। १० जनाको भेन्टिलेटरमा र ५२ जनाको आइसीयूमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - २०:३२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology