Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ११२ जनामा सङ्क्रमण पुष्टि, ८४ कोरोनामुक्त

आज ११२ जनामा सङ्क्रमण पुष्टि, ८४ कोरोनामुक्त

दैनिकी न्यूज

१३, फाल्गुण २०७७
आज ११२ जनामा सङ्क्रमण पुष्टि, ८४ कोरोनामुक्त
images

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ४११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८४ जना सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले हाल ८८२ जना बिरामीमा कोभिड १९ को सङ्क्रमण सक्रिय रहेको जनाएको छ । बुधबार भने एक हजार ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको थियो ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - २०:१५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology