Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ११२ जनामा कोरोना संक्रमण पुष्टि

आज ११२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, फाल्गुण २०७७
आज ११२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ।

त्यस्तै शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १८:०४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology