Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ७८ जनामा कोरोना संक्रमण पुष्टि

आज ७८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, फाल्गुण २०७७
आज ७८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको छ ।

थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।


पछिल्लो २४ घण्टामा देशभर ८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६२ सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २१:३९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology