Logo

बुधवार, श्रावण २७ गते २०८३

images

४ हजार ४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि

४ हजार ४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, फाल्गुण २०७७
४ हजार ४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ।

पछिल्लो २४ घन्टामा ६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - २०:०६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology