काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६० जना कोरोनामुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ ।
देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २५४ जनाको पीसीआर परीक्षण भयो । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ५१० रहेको छ । अहिलेसम्म ३ हजार १५ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या १ हजार रहेको छ ।