Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज ७९ जनामा कोरोना संक्रमण पुष्टि

आज ७९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, चैत्र २०७७
आज ७९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७९ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ८१५ रहेको छ ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएन । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ९९८ रहेको छ भने ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १९:२६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology